गोप्य भिडिओ खिचेर यौनसम्पर्कका लागि ब्ल्याकमेलिङ गर्ने सन्तोष पक्राउ
काठमाडाैं | जेठ १७, २०८१
काठमाडौं: साथीको गोप्य भिडिओ बनाएर यौनसम्पर्कका लागि ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–५ घर भएका ३० वर्षीय सन्तोष किसान छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।
सामाजिक सञ्जालमार्फत महिलाहरुलाई साथी बनाउने, कुराकानी गर्ने, भिडिओ कलमा गोप्य अंगहरु देखाउन लगाउने र त्यसको भिडिओ बनाई ब्ल्याकमेलिङ गर्ने गरेको आरोप लागेको छ ।
अश्लिल भिडिओ बनाएपछि यौनसम्पर्कका लागि बार्गेनिङ गर्ने र नमाने भिडिओ आफन्तलाई पठाइदिन्छु भन्दै आपराधिक लाभको कसुर गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका किसानलाई आपराधिक लाभको कसुरमा कारबाही गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
काठमाडौं: निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनक...
काठमाडौं: भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...

